व्यभिचारको विरुद्धमा चेतावनी
20 हे मेरो छोरा, आफ्नो बुबाको आज्ञापालन गर;
र आफ्नी आमाको शिक्षालाई नत्याग।
21 त्यसलाई तिम्रो हृदयमा सधैँको लागि टाँसी राख,
त्यसलाई तिम्रो गलामा बाँधिराख।
22 जब तिमी हिँड्छौ, त्यसले तिमीलाई अगुवाइ गर्नेछ;
जब तिमी निदाउँछौ, त्यसले तिम्रो सुरक्षा गर्नेछ;
जब तिमी जाग्नेछौ, त्यसले तिमीलाई सल्लाह दिनेछ।
23 किनकि यो आज्ञा एउटा बत्ती हो,
र शिक्षाचाहिँ ज्योति हो;
अनि अनुशासनको सुधार
जीवनका मार्ग हुन्,