32 तर व्यभिचार गर्ने व्यक्तिसित विवेक हुँदैन;
यसो गर्ने सबैले आफूलाई नष्ट गर्छन्।
33 मुक्का र अपमान त्यसको भाग हुनेछ;
र त्यसको अपमान कहिल्यै मेटिनेछैन।
34 किनकि डाहले पतिको क्रोधलाई उत्तेजित गराउँछ,
र दयामाया नदेखाईकनै त्यसले बदला लिनेछ।
35 त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन;
त्यसले जतिसुकै ठूलो घूसलाई पनि अस्वीकार गर्नेछ।