6 ए अल्छे, कमिलाकहाँ गएर त्यसको चालढङ्ग हेर्,
र बुद्धिमानी बन्!
7 त्यसको कोही सेनापति हुँदैन,
न त रेखदेख गर्ने शासक नै हुन्छ,
8 तरै पनि त्यसले ग्रीष्म ऋतुमा अन्नको भण्डार तयार गर्छ,
र कटनीको समयमा आफ्नो खानेकुरा जम्मा गर्छ।
9 ए अल्छे, कहिलेसम्म तँ त्यहाँ ढल्किरहन्छस्?
तँ आफ्नो निद्राबाट कहिले जाग्छस्?
10 एकैछिनको सुताइ, र एकैछिनको निन्द्राले,
हात बाँधेर एकैछिन मारिएको थकाइले,
11 तिमीमाथि गरिबी डाँकुजस्तै
र अभावचाहिँ हतियारधारीझैँ आइलाग्नेछ।