4 "मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्?
यदि तैँले बुझेको छस् भने मलाई भन्।
5 पृथ्वीको नाप कसले गर्यो? निश्चय नै तँलाई थाहा होला!
कसले यसको वरिपरि नाप्ने रेखा खिच्यो?
8 "पृथ्वीको गर्भबाट समुद्र फुटिनिस्कँदा,
कसले समुद्रको ढोका थुनिदियो?
12 "के तैँले बिहानलाई कहिल्यै हुकुम गरेको छस्,
अथवा प्रभातलाई त्यसको ठाउँ देखाएको छस्,
31 "के तैँले किरकिटी ताराहरूलाई एकसाथ बाँध्न सक्छस्?
अथवा के तैँले मृगशिराको बन्धनलाई फुकाल्न सक्छस्?