निष्कर्ष
7 याहवेहले यी सबै कुराहरू इयोबलाई भन्नुभएपछि, उहाँले एलीपज तेमानीलाई भन्नुभयो, "मेरो सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले नबोलेको कारण तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु। 8 यसकारण अब सात वटा बहर र सात वटा थुमा लिएर मेरो सेवक इयोबकहाँ जाओ, र आफ्ना निम्ति होमबलि चढाओ। मेरो सेवक इयोबले तिमीहरूका निम्ति प्रार्थना गर्नेछ, र म त्यसको प्रार्थना ग्रहण गर्नेछु; अनि म तिमीहरूका मूर्खता अनुसारको व्यवहार गर्नेछैनँ। मेरो सेवक इयोबले मेरो बारेमा सत्य बोलेझैँ तिमीहरूले बोलेका छैनौ।"