9 यस्तो देखेर तिनकी पत्नीले तिनलाई भनिन्, "के तपाईं अझै पनि आफ्नो सत्यनिष्ठामा अडिरहनुहुन्छ? बरु परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्!"
10 तर तिनले यसो भने, "तिमी एउटी मूर्ख स्त्रीजस्तै2:10 मूल भाषामा परमेश्वरमा भरोसा नगर्ने स्त्री कुरा गरिरहेकी छौ। के हामीले परमेश्वरबाट असल कुरा मात्र स्वीकार गर्ने, र दुःखचाहिँ अस्वीकार गर्ने?"
यी सबै कुरामा इयोबले आफूले भनेको कुरामा कुनै पाप गरेनन्।