12 तर बुद्धिचाहिँ कहाँ फेला पार्न सकिन्छ?
समझशक्तिको बास कहाँ छ?
13 मरणशील मानिसले त्यसको मूल्य बुझ्दैन;
यसलाई जीवितहरूको देशमा पाउन सकिँदैन।
14 महासागरले भन्छ, "त्यो बुद्धि मभित्र छैन";
समुद्रले भन्छ, "त्यो मसित छैन।"
15 त्यसलाई अति निखुर सुनले पनि किन्न सकिँदैन;
न त त्यसको मूल्य चाँदीमा तौलन सकिन्छ।
16 त्यसलाई ओपीरको सुनले समेत किन्न सकिँदैन,
बहुमूल्य रत्नहरू अथवा नीलमणि समेत पर्याप्त हुन्न।
17 त्यसको तुलना न सुन, न त स्फस्टिकसँग नै गर्न सकिन्छ;
न त त्यसलाई सुनको गहनाले किन्न सकिन्छ।
18 मुगा र बिल्लौरको त नाम नै नलिए पनि हुन्छ;
बुद्धिको मूल्य लालमणिभन्दा माथि हुन्छ।
19 कूश देशको पुष्पराजसँग पनि बुद्धिको तुलना गर्न सकिँदैन;
बुद्धिलाई निखुर सुनले पनि किन्न सकिँदैन।
20 त्यसो भए बुद्धि कहाँबाट आउँछ,
र समझशक्तिको बास कहाँ छ?
21 त्यसलाई त प्रत्येक जीवित प्राणीहरूका आँखाहरूबाट गुप्तमा राखिएको छ,
अनि आकाशमा उड्ने पक्षीहरूबाट पनि त्यसलाई लुकाइएको छ।
22 विनाश28:22 मूल भाषामा विनाशकर्ता र मृत्युले भन्छन्,
"हाम्रो आफ्नै कानमा केवल यसको हल्ला मात्र पुगेको छ।"