20 तब इयोब उठे, र आफ्नो लबेदा च्याते, र आफ्नो केश खौरे। त्यसपछि तिनी भुइँमा दण्डवत् गर्न घोप्टो परे, 21 अनि तिनले भने:
"म मेरी आमाको गर्भबाट नाङ्गै आएँ,
र नाङ्गै फर्केर जानेछु।
याहवेहले नै मलाई सबै थोक दिनुभयो, र याहवेहले नै सबै थोक लैजानुभयो;
याहवेहको नामको प्रशंसा होस्।"