परिचय
1 ऊज देशमा इयोब नाम गरेका एक जना मानिस थिए। तिनी निर्दोष र धर्मी मानिस थिए; तिनी परमेश्वरको डर मान्थे र दुष्टताबाट टाढै बस्थे। 2 तिनका सात छोरा र तीन छोरी थिए। 3 तिनका सात हजार भेडा, तीन हजार ऊँट, पाँच सय हल गोरु, पाँच सय गधैनी थिए; अनि धेरै नोकरचाकर पनि थिए। तिनी पूर्वका सबै मानिसहरूभन्दा महान् थिए।