इयोबको संवाद
1 तब इयोबले यस्तो जवाफ दिए:
2 "वास्तवमा यो कुरा सत्य हो भनी म जान्दछु।
तर परमेश्वरको सामु मरणशील मानिसले आफूलाई कसरी निर्दोष साबित गर्न सक्छ र?
3 उहाँसँग कसैले वाद-विवाद गर्न चाह्यो भने तापनि
मानिसहरूले उहाँलाई हजारौँमा एउटाको पनि जवाफ दिन सक्दैनन्।
4 उहाँको बुद्धि अथाह र उहाँको शक्ति विशाल छ।
उहाँको विरोध गरेर को उम्केको छ, र हानिविना आएको छ?