2 याहवेहका आत्मा उहाँमा रहनुहुनेछ;
बुद्धि र समझका आत्मा,
सल्लाह र शक्तिका आत्मा,
ज्ञान र याहवेहको भयको आत्मा,
3 र उहाँ याहवेहको भयमा प्रसन्न हुनुहुनेछ।
उहाँले आफ्ना आँखाले देखेअनुसार न्याय गर्नुहुनेछैन,
अथवा आफ्ना कानले सुनेअनुसार निर्णय लिनुहुनेछैन;