12 हे बिहानको तारा, प्रभातको पुत्र,
तँ कसरी स्वर्गबाट खसेको छस्!
जातिहरूलाई होच्याउने,
तँ पृथ्वीमा फ्याँकिएको छस्!
13 तैँले आफ्नो हृदयमा भनिस्,
"म स्वर्गमा उक्लनेछु;
म आफ्नो सिंहासनलाई
परमेश्वरका ताराहरूभन्दा माथि उचाल्नेछु;
म सभाको पर्वतमाथि सिंहासनमा,
शाफोन पर्वतको सर्वोच्च स्थानमा विराजमान हुनेछु।14:13 शाफोन कनानीहरूको अति पवित्र पर्वत मानिन्थ्यो
14 म बादलहरूभन्दा माथि उक्लनेछु;
म आफैँलाई सर्वोच्च परमेश्वर बराबर बनाउनेछु।"
15 तर तँलाई चिहानसम्म,
खाडलको गहिराइसम्मै होच्याइयो।