इजिप्टमाथि भरोसा राख्नेलाई धिक्कार
1 धिक्कार तिनीहरूलाई, जो सहायता पाउनका निम्ति इजिप्टमा जान्छन्,
घोडाहरूमाथि भर पर्दछन्,
तिनीहरू आफ्ना असंख्य रथहरू
र घोडसवारहरूका सामर्थ्यमा भरोसा राख्छन्,
तर इस्राएलका पवित्र परमेश्वरतिर हेर्दैनन्;
न त याहवेहबाट सहायता खोज्छन्।
2 यद्यपि उहाँ पनि बुद्धिमान् हुनुहुन्छ र विपत्ति ल्याउन सक्नुहुन्छ;
उहाँले आफ्नो वचन फिर्ता लिनुहुन्न।
उहाँ दुष्ट राष्ट्रको विरुद्ध उठ्नुहुनेछ,
तिनीहरूको विरुद्ध, जसले दुष्ट काम गर्नेहरूलाई सहायता दिन्छन्।