10 हेर, सार्वभौम याहवेह शक्तिसाथ आउनुहुन्छ,
र आफ्नो बाहुलीले शासन गर्नुहुन्छ।
हेर, उहाँको पुरस्कार उहाँसितै छ,
र उहाँको प्रतिफल उहाँको साथमा छ।
11 उहाँले आफ्ना बगाललाई गोठालाले झैँ हेरचाह गर्नुहुन्छ:
उहाँले थुमाहरूलाई आफ्ना अँगालोमा लिनुहुन्छ;
तिनीहरूलाई आफ्नो मुटुको नजिक राख्नुहुन्छ;
उहाँले स-साना बच्चा भएकाहरूलाई बिस्तारै डोर्याउनुहुन्छ।