Pular para o conteúdo
Publicidade

यशैया 45:1-3

1 "याहवेह आफ्नो अभिषिक्त जन कोरेसलाई यसो भन्‍नुहुन्छ,

मैले त्यसको दाहिने हात थामेको छु,

त्यसको सामु जातिहरूलाई पराजित गर्न;

अनि राजाहरूको हतियार खोस्‍न,

मूलढोकाहरू बन्द नहोस् भनेर

त्यसको सामु ढोकाहरू खोलिदिन:

2 म तेरो अगि-अगि जानेछु,

र पर्वतहरूलाई समतल पारिदिनेछु;

म काँसाका मूलढोकाहरू भत्काइदिनेछु;

अनि फलामका बारहरू म काटिदिनेछु।

3 म नै याहवेह हुँ, म नै इस्राएलका परमेश्‍वर हुँ;

मैले नै तँलाई तेरो नाम काढेर बोलाएको छु भनेर तैँले थाहा पाउनलाई

म तँलाई अँध्यारो ठाउँमा भएको भण्डार

र गुप्‍त स्थानमा जम्मा गरेका धन दिनेछु।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.