18 किनकि याहवेह भन्नुहुन्छ—
जसले स्वर्ग सृजनुभयो,
उहाँ परमेश्वर हुनुहुन्छ;
उहाँ, जसले पृथ्वीलाई आकार दिएर बनाउनुभयो;
उहाँले त्यसलाई स्थापित गर्नुभयो;
त्यसलाई रित्तो हुनलाई सृष्टि गर्नुभएको होइन,
तर त्यसलाई बसोबास गराउनको लागि बनाउनुभयो—
उहाँ भन्नुहुन्छ: "म नै याहवेह हुँ,
मबाहेक अर्को कोही परमेश्वर छैन।