नयाँ आकाश र नयाँ पृथ्वी
17 "हेर, म नयाँ आकाश
र नयाँ पृथ्वी सृष्टि गर्नेछु।
बितेका कुराहरू स्मरण गरिनेछैनन्,
न त तिनीहरू मनमा नै आउनेछन्।
18 तर म जे सृष्टि गर्नेछु,
त्यसमा सधैँ खुशी होओ र हर्ष मनाओ;
किनकि म यरूशलेमलाई हर्षोल्लास
र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु।
19 म यरूशलेमसँग खुशी हुनेछु,
र मेरा प्रजामा हर्षित हुनेछु;
यरूशलेममा रोएको र कराएको सोर
फेरि कहिल्यै सुनिनेछैन।