15 निश्चय नै जातिहरू त बाल्टीमा भएको एक थोपा पानीजस्ता हुन्;
तिनीहरू त तराजुमा भएको धुलोझैँ ठानिएका छन्;
उहाँले टापुहरूलाई धुलोजस्तै तौलिनुहुन्छ।
17 उहाँको सामु सबै जातिहरू केही होइनन्;
तिनीहरूलाई उहाँले व्यर्थको
र शून्यभन्दा पनि थोरै ठान्नुभएको छ।