29 उहाँले थकितहरूलाई सामर्थ्य दिनुहुन्छ,
र दुर्बलहरूको शक्ति बढाइदिनुहुन्छ।
30 जवानहरू पनि थाक्छन् र गल्छन्;
अनि जवान मानिसहरू ठक्कर खाएर लड्छन्;
31 तर याहवेहमा आशा राख्नेहरूले
नयाँ सामर्थ्य पाउँछन्।
तिनीहरू चीलझैँ पखेटाले माथि उड्नेछन्;
तिनीहरू दगुर्ने छन्, तर पनि थाक्नेछैनन्;
तिनीहरू हिँड्नेछन्, तर बेहोस हुनेछैनन्।