13 किनकि म याहवेह नै तेरा परमेश्वर हुँ,
जसले तेरो दाहिने हात समातेर
तँलाई भन्दछु, नडरा;
म तँलाई सहायता गर्नेछु।
14 हे किरासमान याकोब,
हे सानो इस्राएल, नडरा;
किनकि म आफैँ तँलाई सहायता गर्नेछु"
तेरो उद्धारक, इस्राएलका पवित्र परमेश्वर, याहवेह घोषणा गर्नुहुन्छ,