6 म उत्तरलाई भन्नेछु, ‘तिनीहरू मलाई दिइहाल्!’
र दक्षिणलाई भन्नेछु, ‘तिनीहरूलाई नरोक्।’
मेरा छोराहरूलाई टाढा-टाढाबाट ल्याओ;
अनि मेरा छोरीहरूलाई पृथ्वीको छेउ-छेउबाट ल्याओ;
7 मेरो नामले बोलाइएको हरेकलाई,
जसलाई मैले आफ्नो महिमाको निम्ति सृष्टि गरेँ,
जसलाई मैले नै रचेँ।"