न्याय र आशा
1 याहवेह यसो भन्नुहुन्छ:
"स्वर्ग मेरो सिंहासन हो,
र पृथ्वीचाहिँ मेरो पाउदान हो।
मेरा निम्ति तिमीहरूले कहाँ भवन बनाउँछौ?
मेरो विश्रामस्थल कहाँ हुनेछ?
2 के मेरै हातले यी सबै थोक बनाएको होइन,
र यसरी अस्तित्वमा आए?"
याहवेह घोषणा गर्नुहुन्छ।
"त्यो मानिस, जसलाई म निगाह गर्छु:
जो नम्र र आत्मामा दीन छ;
अनि जो मेरो वचनमा आज्ञाकारी छ।