9 उहाँले भन्नुभयो, "जा, र मानिसहरूलाई भन्:
" ‘तिमीहरू सधैँ सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ;
तिमीहरू सधैँ हेरिरहन्छौ, तर कहिल्यै देख्दैनौ।’
10 यी मानिसहरूका हृदय कठोर तुल्याइदे;
तिनीहरूका कानहरू मन्द गरिदे;
अनि तिनीहरूका आँखा बन्द गरिदे।
नत्रता तिनीहरूले आफ्ना आँखाहरूले देख्लान्,
र आफ्ना कानहरूले सुन्लान्;
तिनीहरूका हृदयहरूले बुझ्लान्;
अनि फर्कलान् र फेरि निको होलान्।"