दावीदको गीत।
1 ए मेरो प्राण, याहवेहको प्रशंसा गर्;
ए मेरो सारा अन्तस्करण, उहाँको पवित्र नामको प्रशंसा गर्!
2 ए मेरो प्राण, याहवेहको प्रशंसा गर्,
र उहाँका सबै उपकारहरू नबिर्सी—
3 जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ;
र जसले तेरा सबै रोगहरू निको पार्नुहुन्छ;
4 जसले तेरो जीवनलाई चिहानबाट छुटाउनुहुन्छ;
र तँलाई प्रेम र करुणासहितको मुकुट लगाइदिनुहुन्छ;