19 याहवेहले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ;
र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ।
20 हे उहाँका शक्तिशाली स्वर्गदूतहरू हो,
उहाँका आदेश सुनेर उहाँका योजना पूरा गर्नेहरू हो,
याहवेहको प्रशंसा गर!
21 हे उहाँका सारा स्वर्गीय सेनाहरू हो,
उहाँको इच्छाअनुसार काम गर्ने सेवकहरू हो,
याहवेहको प्रशंसा गर।
22 हे याहवेहका सारा सृष्टि हो,
उहाँका सबै राज्यमा रहेकाहरू हो, उहाँको प्रशंसा गर!
हे मेरो प्राण, याहवेहको प्रशंसा गर्!