97 अहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु!
दिनभरि म त्यसमा नै ध्यान गर्दछु।
98 तपाईंका आज्ञाहरू सधैँ मसँग छन्,
र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन्।
99 मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्दृष्टि ज्यादा छ;
किनकि म तपाईंका कानुनहरूमा मनन गर्दछु।
100 सबै प्रधानहरूभन्दा मेरो समझशक्ति ज्यादा छ;
किनकि म तपाईंका विधिहरू पालन गर्दछु।