16 कुकुरहरूले मलाई चारैतिर घेरेका छन्;
खराब मानिसहरूको झुण्डले मलाई चारैपट्टि घेरेका छन्;
तिनीहरूले मेरा हात र खुट्टाहरू छेडेका छन्।
17 मेरा सबै हाडहरू म गन्न सक्छु;
मानिसहरूले मलाई एकोहोरो लगाएर खराब दृष्टिले हेर्छन्।
18 तिनीहरूले मेरा बाहिरी वस्त्रहरू एक-आपसमा बाँड्छन्,
र मेरो भित्री वस्त्रको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्।