3 याहवेहको डाँडामा को उक्लिन सक्ला?
उहाँको पवित्रस्थानमा को उभिन सक्ला?
4 त्यही नै, जसको हात निर्दोष छ, र जसको हृदय शुद्ध छ;
जसले मूर्तिमाथि भरोसा राख्दैन,
अथवा जसले झूटो ईश्वरको नाममा शपथ खाँदैन।
5 तिनीहरूले याहवेहबाट आशिष् पाउनेछन्,
र मुक्तिदाता परमेश्वरले तिनीहरूलाई धर्मी ठहराउनुहुनेछ।