3 तिनीहरूले आफ्नै तरवारद्वारा देश जितेका होइनन्,
न त तिनीहरूको बाहुबलले विजय पाएका हुन्;
तपाईंको दाहिने बाहुलीले, तपाईंकै पाखुराले
र तपाईंको मुहारको प्रकाशले तिनीहरू विजय भएका थिए;
किनकि तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो।
4 तपाईं मेरा राजा र मेरा परमेश्वर हुनुहुन्छ;
जसले याकोबलाई विजयको आदेश दिनुहुन्छ।