6 म आफ्नो धनुमा भरोसा गर्दिनँ,
मेरो तरवारले मलाई विजय गराउँदैन;
7 तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूमाथि विजय दिनुहुन्छ;
तपाईंले नै हाम्रा विरोधीहरूलाई लाजमा पार्नुहुन्छ।
8 दिनभरि नै हामी आफ्ना परमेश्वरमा गर्व गर्छौँ,
र हामी सदाकाल तपाईंको नामको प्रशंसा गर्नेछौँ। सेला