11 तर तपाईंमा शरण लिनेहरूचाहिँ खुशी होऊन्;
र तिनीहरू आनन्दले गीत गाऊन्।
तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्;
र तपाईंको नामलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्।
12 निश्चय नै, हे याहवेह, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ;
तपाईंले ढाललेझैँ, तपाईंको कृपादृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।