1 हे परमेश्वर, तपाईंको अचुक प्रेमअनुसार
ममाथि दया गर्नुहोस्;
तपाईंको महान् करुणाअनुसार
मेरा अपराधहरू मेटिदिनुहोस्!
2 मेरा सबै अधर्महरूलाई पखालिदिनुहोस्,
र मेरो पापबाट मलाई शुद्ध पारिदिनुहोस्!
3 किनकि मेरा अपराधहरू म जान्दछु;
र मेरो पाप सधैँ मेरै सामु छ।
4 मैले तपाईंको विरुद्धमा, मात्र तपाईंकै विरुद्धमा पाप गरेको छु,
अनि तपाईंको दृष्टिमा जे खराबी छ, मैले त्यही गरेको छु;
यसकारण तपाईंको फैसलामा तपाईं सही हुनुहुन्छ,
र तपाईंले न्याय गर्नुहुँदा धर्मी ठहरिनुहुन्छ।
10 हे परमेश्वर, मभित्र शुद्ध हृदय सृजना गर्नुहोस्,
र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्!
17 हे परमेश्वर, तोडिएको मन नै मेरो बलिदान हो;51:17 अथवा परमेश्वरका बलिदानहरू हुन्
हे परमेश्वर, तपाईंले चूर्ण र पश्चात्तापी
हृदयलाई कहिल्यै तिरस्कार गर्नुहुन्न।