5 हे मेरो प्राण, परमेश्वरमा नै विश्राम गर्;
मेरो आशा उहाँबाटै आउँछ।
6 साँच्चै उहाँ मात्र मेरो चट्टान र मेरो मुक्ति हुनुहुन्छ;
उहाँ मेरो शरणस्थान हुनुहुन्छ, म हार्नेछैनँ।
7 मेरो मुक्ति र मेरो सम्मान परमेश्वरमा आधारित छ;
उहाँ मेरो बलियो चट्टान र मेरो शरणस्थान हुनुहुन्छ।
8 हे मानिसहरू हो, हर समय उहाँमा भरोसा गर;
आफ्ना हृदय उहाँको सामु पोख;
किनकि परमेश्वर हाम्रा शरणस्थान हुनुहुन्छ।