सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन; एक गीत।
1 हे हाम्रा परमेश्वर, सियोनमा प्रशंसाले तपाईंलाई पर्खिरहेको छ;
तपाईंसँगको हाम्रो भाकल पूरा गर्नेछौँ।
2 तपाईं प्रार्थना सुनेर त्यसको उत्तर दिने परमेश्वर हुनुहुन्छ।
तपाईंकहाँ नै सबै मानिसहरू आउनेछन्।
3 जब हाम्रा पापहरूले हामीलाई डुबाएका थिए,
तब हाम्रा अपराधहरूलाई तपाईंले क्षमा गरिदिनुभयो।