3 तर धर्मीहरूचाहिँ खुशी होऊन्;
र परमेश्वरको अगि तिनीहरू रमाऊन्;
तिनीहरू खुशी र आनन्दित होऊन्।
4 परमेश्वरको निम्ति गाओ, उहाँको नामको प्रशंसा गाओ;
बादलमा सवार हुनुहुनेलाई प्रशंसा गर;
उहाँको नाम याहवेह हो—उहाँको अगि आनन्दित होओ।
5 उहाँको पवित्र वासस्थानमा
परमेश्वर अनाथहरूका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ।