26 किनकि तपाईंले ताडना दिनु भएकाहरूलाई तिनीहरूले सताउँछन्,
र तपाईंले घाइते पार्नुभएकाहरूका बारेमा तिनीहरूले कुरा काट्छन्।
27 तपाईंले तिनीहरूको अपराधमाथि अपराधको हिसाब राख्नुहोस्;
र तिनीहरू तपाईंको मुक्तिमा सहभागी हुन नपाऊन्।
28 जीवनको पुस्तकबाट तिनीहरूका नाम मेटिओस्,
र धर्मी जनहरूसँग तिनीहरू गन्ती नहोऊन्।