3 जब म तपाईंका औँलाहरूद्वारा
बनाइएको आकाशलाई,
तपाईंले स्थापित गर्नुभएका चन्द्रमा
र ताराहरूमाथि विचार गर्छु,
4 मानिस जाति के नै हो र तपाईं त्यसको वास्ता गर्नुहुन्छ?
मनुष्यहरू के नै हुन् र तपाईं तिनीहरूको फ्रिक्री गर्नुहुन्छ?
5 तपाईंले तिनीहरूलाई8:5 अथवा उहाँलाई स्वर्गदूतहरूभन्दा8:5 अथवा परमेश्वरभन्दा केही कम बनाउनुभएको छ,
र तिनीहरूलाई8:5 अथवा उहाँलाई महिमा र आदरको मुकुट पहिर्याइदिनुभएको छ।