1 आओ, हामी याहवेहको निम्ति आनन्दले गाऔँ;
हाम्रा मुक्तिका चट्टानको निम्ति उच्च सोरले जयजयकार गरौँ!
2 धन्यवाद चढाउँदै उहाँको सामु आऔँ,
भजन र सङ्गीतले उहाँको प्रशंसा गरौँ!
3 किनकि याहवेह महान् परमेश्वर हुनुहुन्छ,
सबै देवहरूमाथि महान् राजा।
4 पृथ्वीका गहिराइहरू उहाँको हातमा छ;
र पर्वतका चुचुराहरू उहाँकै हुन्।
5 समुद्र उहाँकै हो, किनकि त्यो उहाँले नै बनाउनुभएको हो,
र सुक्खा जमिन उहाँकै हातद्वारा बनिए।
6 आओ, हामी उहाँलाई दण्डवत् गरौँ र आराधना गरौँ;
याहवेह हाम्रा सृष्टिकर्ताको अगि घुँडा टेकौँ;