13 किन दुष्टहरूले परमेश्वरको विरोध गर्छन्?
तिनीहरूले किन आफ्नो मनमा यसो भन्छन्,
"उहाँले हाम्रो लेखा लिनुहुनेछैन?"
14 तर हे परमेश्वर, तपाईं दुःखीहरूका सङ्कष्ट देख्नुहुन्छ;
तपाईंले तिनीहरूका दुःख देख्नुहुन्छ र आफ्नो हातमा लिनुहुन्छ।
दुःखीहरूले आफूलाई तपाईंमा सुम्पन्छन्;
तपाईं नै अनाथहरूका सहायक हुनुहुन्छ।