3 याहवेह नै परमेश्वर हुनुहुन्छ भनी जान।
उहाँले हामीलाई बनाउनुभयो, र हामी उहाँकै हौँ;
हामी उहाँका प्रजा, र उहाँका खर्कका भेडाहरू हौँ।
4 धन्यवादसाथ उहाँका मूलढोकाहरूभित्र पस;
र प्रशंसा गर्दै उहाँका चोकहरूमा प्रवेश गर;
उहाँलाई धन्यवाद देओ, र उहाँको नामको प्रशंसा गर!