28 तब आफ्ना कष्टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,
र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्टहरूबाट छुटाउनुभयो।
29 उहाँले आँधीलाई शान्त पार्नुभयो;
समुद्रका छालहरू साम्य भए।
30 आँधी शान्त हुँदा तिनीहरू खुशी भए;
र उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेको बन्दरगाहमा पुर्याउनुभयो।