6 याहवेहले सोझाहरूलाई रक्षा गर्नुहुन्छ;
जब म अति असहाय थिएँ, तब उहाँले मलाई बचाउनुभयो।
7 हे मेरो प्राण, फेरि एक पटक विश्राम गर्;
किनकि याहवेह तँप्रति भलो हुनुभएको छ।
8 किनकि हे याहवेह, तपाईंले मलाई मृत्युदेखि,
मेरा आँखालाई आँसुदेखि,
र मेरा गोडालाई ठेस लाग्नदेखि जोगाउनुभएको छ।
9 ताकि म जीवितहरूका देशमा,
याहवेहको सामु हिँड्डुल गर्न सकूँ।