1 हे याहवेह, तपाईंले मलाई जाँच्नुभएको छ,
अनि मलाई चिन्नुहुन्छ।
2 तपाईंले मेरो उठाइ र मेरो बसाइ जान्नुहुन्छ;
तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ।
3 तपाईंले मेरो हिँडाइ र मेरो सुताइ जान्नुहुन्छ;
मेरा सबै मार्गहरूसँग तपाईं परिचित हुनुहुन्छ।
4 मेरो जिब्रोमा कुनै शब्द आउनअगि नै,
हे याहवेह, तपाईंले त्यो सम्पूर्ण रूपले जान्नुहुन्छ।