13 किनकि तपाईंले नै मेरो अन्तस्करण बनाउनुभयो;
तपाईंले मलाई मेरी आमाको गर्भमा बुन्नुभयो।
14 म तपाईंलाई प्रशंसा गर्दछु; किनकि म भयानक र अद्भुत तरिकाले बनिएको छु;
तपाईंका कार्यहरू अद्भुत छन्,
म त्यो राम्ररी जान्दछु।
15 मेरो आकार तपाईंबाट लुकेको थिएन,
जब म पृथ्वीको गहिराइमा रचिँदै थिएँ;
जब म अदृष्यमा बनिँदैथिएँ;