1 याहवेह मेरा चट्टानलाई प्रशंसा होस्,
जसले मेरा हातहरूलाई युद्धकला,
र मेरा औँलाहरूलाई लडाइँ गर्न सिकाउनुहुन्छ।
2 उहाँ मेरो प्रेमिलो परमेश्वर, र मेरो किल्ला हुनुहुन्छ;
उहाँ मेरो बलियो किल्ला र मेरो उद्धारक,
मेरो ढाल, जसमा म शरण लिन्छु,
उहाँले जाति-जातिहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।