7 उहाँले थिचोमिचोमा परेकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ;
र भोकाएकाहरूलाई भोजन दिनुहुन्छ।
याहवेहले कैदीहरूलाई स्वतन्त्र गरिदिनुहुन्छ;
8 याहवेहले दृष्टिविहीनहरूका आँखा खोलिदिनुहुन्छ;
र दबिएकाहरूलाई उठाउनुहुन्छ;
याहवेहले धर्मी जनहरूलाई प्रेम गर्नुहुन्छ।
9 याहवेहले विदेशीहरूको रक्षा गर्नुहुन्छ;
अनाथ र विधवाहरूलाई सम्हाल्नुहुन्छ;
तर दुष्टहरूको योजनालाई विफल पारिदिनुहुन्छ।