6 हे परमेश्वर, म तपाईंलाई पुकार्छु; किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ;
तपाईंको कान मतिर लगाउनुहोस्, र मेरो बिन्ती सुन्नुहोस्।
7 तपाईंको अचुक प्रेमको अद्भुत कार्यहरू देखाउनुहोस्;
तपाईंमा शरण लिनेहरूलाई तिनीहरूका वैरीहरूबाट
तपाईं आफ्नो दाहिने बाहुलीले बचाउनुहुन्छ।
8 मलाई तपाईंको आँखाको नानीलाई झैँ रक्षा गर्नुहोस्;
तपाईंको पखेटाको छायामा मलाई लुकाउनुहोस्,
9 मलाई नष्ट पार्न आइलाग्ने दुष्टहरूबाट,
मलाई घेरेर मार्न चाहने घातक शत्रुहरूबाट बचाउनुहोस्।