2 जब दुष्टहरू मलाई आक्रमण गर्न
मेरो विरुद्धमा अगि बढ्छन्,
जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्;
तब तिनीहरू ठक्कर खाएर लड्नेछन्।
3 सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि
मेरो हृदय डराउनेछैनँ;
मेरो विरुद्धमा लडाइँ चले तापनि
त्यस बेलामा पनि म पूरा निर्धक्क रहनेछु।