3 याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ;
महिमाका परमेश्वर गर्जनुहुन्छ;
याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ।
4 याहवेहको आवाज शक्तिशाली छ;
याहवेहको आवाज प्रतापी छ।
5 याहवेहको आवाजले देवदारुका काठहरू भाँचिन्छन्;
याहवेहले लेबनानका देवदारुका काठहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ।