1 हे याहवेह, मेरा विरोधीहरू कति धेरै छन्!
मेरो विरुद्धमा कति धेरै जना खडा भएका छन्!
2 धेरैले मेरो विषयमा यसो भन्दैछन्,
"परमेश्वरले त्यसलाई सहायता गर्नहुनेछैन।" सेला3:2 मूल भाषामा यहाँ सेला शब्दको अर्थ अनिश्चित छ; सम्भवतः यो शब्दले यहाँ कुनै सङ्गीत सूचकलाई जनाएको हुनुपर्दछ।
3 तर हे याहवेह, तपाईं मेरो चारैतिर ढाल हुनुहुन्छ;
तपाईं मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ।3:3 मेरो शिर उच्च पारिदिने ले मलाई विजय दिने जनाउँछ
4 म ठूलो सोरमा याहवेहलाई पुकार गर्दछु,
र उहाँले आफ्नो पवित्र पर्वतबाट मलाई जवाफ दिनुहुन्छ। सेला
5 म पल्टन्छु र निदाउँछु;
म फेरि उठ्छु; किनकि याहवेहले नै मलाई सम्हाल्नुहुन्छ।
6 मेरो विरुद्धमा मेरा वरिपरि घेरा हाल्ने
दसौँ हजार शत्रुहरूसँग पनि म डराउनेछैनँ।